घूससहित इन्स्पेक्टर पक्राउ



काठमाडौं, (नेस)।

महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरी निरीक्षक ४० हजार घूससहित पक्राउ परेका छन्।प्रहरी निरीक्षक जयनेपाल थापा उक्त रकमसहित पक्राउ परेको बताइएको छ। उनले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै उक्त रकम लिइरहेको अवस्थामा पक्राउ परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले थापालाई उक्त रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ। अख्तियार महानगरीय अपराध महाशाखामा कार्यरत थापा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अवधिभर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमान्ड पोस्टमा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्