डेढ सय विद्यार्थीमा आँखाको समस्या



इलाम, (नेस)।

प्याब्सन जिल्ला कार्य समिति इलामको आयोजना तथा मेची आँखा अस्पताल झापाको प्राबिधिक सहयोगमा इलामनगर क्षेत्रका बिद्यालयका बिद्यार्थीका लागि बुधबारबाट निशुल्क आँखा शिबिर सुरु भएको छ। प्याब्सनसंग आबद्ध रहेका नगरका बिद्यालयमा यो शिबिर सञ्चालन गरीएको हो।

शिबिर पुष २ गतेसम्म सञ्चालन हुनेछ। शिबिर सुरुहुनु पूर्व आँखा अस्पतालका स्वास्थ्य शिक्षा प्रशिक्षक युवराज बोहोराले आँखा सम्बन्धि ११ वटा बिद्यालयका ३२ जना बिद्यार्थीलाई आँखा सम्बन्धिका बारेमा जानकारी गराउनु भएको थियो।

शिबिरको पहिलो दिन सदरमुकामस्थित ग्रिनभ्याली एकाडेमीका बिद्यार्थीहरुको आँखा परीक्षण गरीएको थियो। १२ सय जना बिद्यार्थीको आँखा परीक्षण गरीएकोमा करीब दुईजना बिद्यार्थीमा आँखाको समस्या देखिएको शिबिरमा आँखा परीक्षण गर्नुभएका अस्पतालका डाक्टर होमप्रसाद धितालले जानकारी दिनुभयो।

आँखा कमजोरी भएका बिद्यार्थीलाई अस्पतालले नै निशुल्क चस्मा बितरण गरेको बिद्यालयका शिक्षक चिन्तामणि चम्लगाइँले जानकारी दिनुभयो। बालबालिकाहरु बढि मात्रामा नजिकबाट टिभि, मोवाईल हेर्नाले तथा खानपिनका कारण पनि आँखा कमजोरी भएको पाइएको डाक्टर धितालको भनाई छ।

प्रतिक्रिया दिनुहोस्