राष्ट्रिय गौरवको आयोजना : ‘फास्ट ट्र्याक’ बन्न अझै साढे ४ वर्ष



काठमाडौं, (नेस)।

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले आगामी २०८१ वैशाखमा सो कार्य सम्पन्न गर्ने बताएको छ।नेपाली सेनाले अबको करिब साढे ४ वर्षपछि निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ।

२०७४ वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षमा काम सक्ने गरी सेनालाई सोको जिम्मा दिएको थियो। उक्त सडक बनेमा काठमाडौंबाट करिब १ घन्टामा निजगढ पुग्न सकिनेछ।

सेनाका प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले उक्त मितिसम्म सडक बनिसक्ने बताउँदै पाँच वर्षभित्र बनाइसक्ने उद्देश्यका साथ १४ जेठ २०७४ सालमा दु्रत निर्माणको काम अगाडि बढेको जानकारी दिनुभयो।२०७४ वैशाख २१ गते बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षमा काम सक्ने गरी सेनालाई सोको जिम्मा दिएको थियो।

उक्त सडक बनेमा काठमाडौंबाट करिब १ घन्टामा निजगढ पुग्न सकिनेछ।गत भदौ १ गते विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै पुल सुरुङमार्ग बनाउन परामर्शदाता छनोटको काम अगाडि बढाइएको छ।

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्र्याकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ। ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर फराकिलो हुनेछ।

श्रेष्ठका अनुसार फास्ट ट्र्याकको तीन ठाउँमा सुरुङमार्ग हुनेछ। महादेवडाँडामा ३.३३५ किमि, धेद्रेमा १.६३० किमि र लैनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ हुनेछ। फास्ट ट्र्याक ८७ वटा पुल रहनेमा १६ वटा विशेष प्रकृति र ७१ वटा अन्य पुल रहने भएको छ।

काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो दूरीको दु्रतमार्ग निर्माण आयोजनालाई इतिहास रच्ने ठूलो अवसरका रूपमा लिएर कार्य अघि बढाएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो।

फास्ट ट्र्याकलाई चार लेनको आधुनिक तथा सुविधासम्पन्न सडक बनाउने गरी काम अगाडि बढाइएको छ। फास्ट ट्र्याक सर्वाधिक महत्वको आयोजना हो। निजगढमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थललाई समेत मध्यनगर गरी बनाउन लागिएको यो सडकबाट भारत र चीनलाई समेत जोड्ने उद्देश्य राखिएको छ।

नेपाली सेनाले २०६९ सालमा काठमाडौंदेखि तराई/मधेस दु्रतमार्गको ‘ट्र्याक’ खुला गरेको थियो। प्रवक्ता पाण्डेका अनुसार फास्ट ट्र्याक निर्माणमा पर्ने जग्गाको मुआब्जा दिने काम पनि अन्तिम चरणमा पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्