अपराध अनुसन्धान तालिम सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश–३, प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा सन्चालन भएको जुनियर प्रहरी अधिकृत स्तरको अपराध अनुसन्धान तालिम सम्पन्न भएको छ ।

बुधबार एक समारोहकाविच तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले समापन गरेका हुन्।

गत कात्तिक ३ गतेबाट सन्चालन भएको ३३ दिनको उक्त तालिममा ३ नं प्रदेश प्रहरी कार्यालय मातहतका बिभिन्न ईकाईबाट २५ जना र २ नं प्रदेश प्रहरी कार्यालय मातहतबाट ४ जना गरी २९ जना जुनियर प्रहरी अधिकृतहरु सहभागी भएका थिए ।

समारोहमा सहभागी अधिकृतहरुलाई प्रमाणपत्र तथा निर्देशन सम्बोधन गर्दै एसएसपी भण्डारीले परिवर्तनशिल समाजमा अपराधको प्रकृति र प्रवृतिमा समेत व्यापक परिवर्तन देखिएको हुँदा प्रहरीले आफुलाई कानुनी ज्ञान र अनुसन्धानका नविन सीपमा पोख्त राख्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्