बंगुर पालनबाट मनग्य आम्दानी



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको गोसाइकुण्ड गाउँपालिका–६ धुन्चेका छुर्तेन कृषि सहकारी संस्था मार्फत २५ जनाको समुहले वर्षमा ८४ हजार नाफा गर्ने गरेका छन् ।

२०७० साल देखी व्यवसाय सुरु गरि २०७३ सालबाट भने आधिकारीक रुपमै संस्था दर्ता गरि भेटेनेरिबाट २ लाख ५० हजार अनुदान पाएपछि अरु २५ जनाले आफ्नो लगानी गरेपछि अहिले वर्षमा ८४ हजार नाफा गरेका हुन् ।

छुर्तेन कृषि सहकारी संस्थाका उपाध्यक्ष याक बहादुर लिम्बुकाअनुसार राम्रैसँग पालन पोषण गर्न सके एउटा बंगुरबाट महिनाको ३ हजार नाफा रहन्छ । एउटा बंगुर पोथी बाट १० वटा पाठा जन्मन्छ एउटा पाठाको ५ हजार पर्छ ।

माउको ४० हजार पर्छ । पाठा र माउ गरि कुल ९० हजार पर्न जान्छ भने त्यस मध्ये ६ हजार औषधि उपचार लाग्ने गर्छ ।

धुन्चे वरपरका कृषक दाजुभाई मिलेर बंगुर पालन व्यवसाय गरेपछि परिवार पाल्न र वेरोजगार बस्नु नपर्ने मिहिनेत गरे हुदो रहेछ भन्ने उदाहरणिय काम बनेको छ ।

संस्थाका अध्यक्ष पेमा तेन्जिन तामाङले सुरुमा सातवटा बाट सुरु गरेका उनिसँग अहिले ६५ वटा बंगुर रहेको छन् । त्यसबाट आफुले दुःख गरे अनुसार आम्दानी राम्रै भएको उनले बताए ।

सुरुमा सात लाख लगानी गरेका उनको अहिले डबल आम्दानी छ ।
उपाध्यक्ष लिम्बुले चाँही ३ लाख लगानी गरेर २ वटा भाले पोथी बंगुर पालेर वेच्दै, किन्दै गरि त्यही अनुसारको आम्दानी गरेको बताउछन ।

उनी जस्तै अरु २३ जनाले पनि आफ्नो तरिका बाट नै यस बंगुर पालन गरेर विदेशी भुमिमा गर्ने काम र आम्दानीको स्रोत आफ्नै गाउँ–ठाउँलाई बनाएका छन् ।

यसै छुर्तेन कृषि सहकारी संस्थाका २५ जनाको समुहबाट २०७० साल देखी नै महिनाको ५सय बचत गर्ने निर्णय गरि १८ महिना सम्म ५ सय र १८ महिना वितिसके पछि महिनाको १ हजार उठाइ रहेको छ । ६ वर्षको दौरानमा बचत ११ लाख ५० हजार भएको छ भने यहि व्यवसायलाई नै निरन्तरता दिन १२ प्रतिशत प्रत्येक महिना पैसा उठाएर लगानी गर्ने गरेको छ ।

‘गाउँघरका मानिस पैसा कमाउन विदेश गए तर हामि २५ जनाको समुह चाहि बंगुर पालन गर्ने निधो गरि यो व्यवसाय सुरु गर्यो, मनै रहेछ मिलेर समुह बनाइ व्यवसाय आफ्नै तरिकाले गरिरहेको छौ‘ उपाध्यक्ष लिम्बुले बताए ।

उनले भने– ‘गर्न सके आम्दानी राम्रै छ ।घरपरिवार र आफु बाँच्न पुगेको छ कसैलाई ए रुपैया लेउ न भन्न परेको छैन यसैमा खुसि लाग्छ ।‘

उनीहरुले भने– ‘बंगुर पालन आफु—आफुले गरेता पनि केहि गर्नुपरे समुहमा छलफल गरि गर्छौ नत्र २५ जनाले नै आफैले यो व्यवसाय गरिरहेको छौ ।‘ यस व्यवसाय गर्न कडा परिश्रम गर्नुपर्छ आम्दानी पनि राम्रो रहेको छ ।

यसरी व्यवसायीक रुपमै बंगुर पालन गरेर जिविकोपार्जन मा सुधार गरि समुदायमा उदाहरणिय काम गरेको मा रसुवा नागरिक समाज का अध्यक्ष बाबुलाल तामाङले धन्यबाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्