२५ जना जेष्ठ आमालाई सम्मान



किरन धामी, दार्चुला ।

महाकाली नगरपालिका वडा नम्बर. ४ ले जेष्ठ आमाहरुलाई बुधबार एक कार्यक्रमका विच सम्मान गरेको छ । वडा भरी रहेका ७० वर्ष भन्दा माथीका गैरदलित र ६० वर्ष पुगेका दलित जेष्ठ आमाहरुलाई सम्मान गरिएको वडा अध्यक्ष पुष्करराज जोशीले जानकारी दिनुभयो । वडा भित्र रहेका २५ जना जेष्ठ आमाहरुलाई जुत्ता, चौबन्दी, सौल, धोती, च्यावनप्रास लगायतका सामग्री प्रदान गरी सम्मान गरिएको उहाले बताउनुभयो ।

वडाको १ लाख ५० हजार बजेटमा खरिद गरिएको उक्त सामग्री जेष्ठ आमाहरुलाई वितरण गरिएको हो । जेष्ठ आमालाई सम्मान गर्ने कार्यक्रमले हैसला थप्ने महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताउनु भएको छ । सम्मान कार्यक्रममा बोल्दै समयमा नगर प्रमुख भट्टले पछिल्लो समय नेपाली समाजमा वृद्धवृद्धा अपहेलित भएर बाच्नुपर्ने अवस्था सिर्जना भएकाले त्यस्तो अवस्था आउन नदिन सम्मान कार्यक्रमले जीवन जिउनमा सहजता ल्याउने बताउनुभयो । नगरपालिकाले जेष्ठ नागरिक, महिला, अपांग लक्षित विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको बताउनुभयो ।

कार्यक्रमकामा बोल्दै नगर उपप्रमुख सुना बोहराले जेष्ठ नागरिकहरु भगवान सरह हुने भन्दै उहाहरुलार्ई सम्मानको खाँचो रहेको बताउनु भयो । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष पुष्करराज जोशीले जेष्ठ आमाहरुले धार्मीक स्थल घुमाउनु पर्ने अनुरोध गरेको बताउदै उहाले आगामी वर्षको कार्यक्रममा समावेश गरी धार्मीक यात्रा गराउने आफ्नो सोच रहेको बताउनुभयो ।

साथै उहाले जेष्ठ नागरिकहरुको समस्यालाई वडा कार्यालयले पहिलो प्राथामिकतामा राख्ने गरेको बताउनुभयो । वडा कार्यालयले आफूहरुलाई सम्मान तथा मौसम अनुकुलका लत्ताकपडा वितरण गरेको प्रति जेष्ठआमाहरु खुसी भएका छन् । सम्मान कार्यक्रम वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशीको अध्यक्षता तथा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टको प्रमुख आतिथ्यततामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्