स्कुल बसले किच्दा नाबालकको मृत्यु



न्युज अफ नेपाल, विराटनगर ।

मोरङमा स्कुल बसले किचेर नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका– ५ की शिवकुमारी साहका एक वर्षीय नाबालक छोरा यसराज साह रहको प्रहरीले जनाएको छ ।

कसेनी बोडिङ स्कुलको एकलेजीमा अध्यनरत पाँच वर्षीय छोरा सोनुलाई लिन आएको बस चढाउन जाँदा यसराजलाई पनि शिवकुमारीले सँगै लगेर गएकी थिइन् । यसराजलाई भुँईमा राखेर सोनुलाई गाडीमा चढाउँदे गरेकी शिवकुमारील भुँईमा राखेको छोरा घस्रिँदै बस मुनी पुगेका पत्तै पाइनन् । सोनु गाडि चढेपछि विद्यालयतर्फ गुडेको बसले किच्दा नाबालक यसराजको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान विद्यार्थी लिएर स्कुल आउँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई किचेको हो । प्रहरीले बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्