चिकित्सा शिक्षामा ६८ विद्यार्थी, ७५ प्रतिशत छात्रबृत्तिका लागि छनोट (नामावलीसहित)



भगवती तिमल्सिना, काठमाडौँ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ ले व्यवस्था गरेबमोजिम कायम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अधिकार पाएको छोटो समयमै पहिलो चरणको ७५ प्रतिशत छात्रवृत्ति पाउनेहरुको नामावाली सार्वजनिक गरेको छ ।

यहि मंसिर २४ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको निर्णय अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३० जना नर्स र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिडिएस तर्फका ३८ जना चिकित्सा शिक्षाका बिद्यार्थीहरुलाई ७५ प्रतिशत छात्रवृत्तिमा अध्ययनका लागि पूर्वमनोनयन सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरे अनुसार पाटन र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बीएससी नर्सिङ र बिडिएसमा छात्रवृत्तिमा अध्ययन गर्न निवेदन दिएकाहरु मध्ये पूर्वमनोनयनमा बिद्यार्थीले सक्कल प्रमाण सहित मन्त्रालयको छात्रबृत्ति शाखामा यहि मंसिर २९ गतेसम्म छनोटमा परेका विद्यार्थी स्वयमले सम्पर्क गरिसक्नुपर्ने जनाएको छ ।

मन्त्रालयका छात्रबृत्ति शाखाले पूर्वमनोनयमा कसैको दाविविरोध भएमा उम्मेदवार स्वयंले मंसिर २६ गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । अध्ययनमा असमर्थ हुने उम्मेदवारले पनि मंसिर २९ गते भित्र आफै उपस्थित भई निवेदन दिनुपर्ने उल्लेख गरेकोछ ।

छात्रबृत्तिका लागि पहिलो छनोटमा परेकाहरुको नामावली : 

 

प्रतिक्रिया दिनुहोस्