प्रहरीद्वारा खेल पत्रकार निर्घात कुटिए



काठमाडौं, (नेस)।

१३औं सागको समापनका दिन समाचार संकलनका क्रममा नागरिक दैनिक तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य सुमन चापागाईमाथि नेपाल प्रहरीले निर्घात कुटपिट गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मुख्य प्रवेशद्वार नजिकै तस्बिर लिने क्रममा रहेका पत्रकार चापागाई सुरक्षामा खटिएका प्रहरीबाट कुटिएका हुन्। घाइते चापागाईको अहिले परिषद् नजिक ब्लुक्रस अस्पतालमा उपचार भईरहेको छ। उनको छाती र टाउकोटमा चोट लागेको छ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिन दशरथ रंगशालाभित्र सांसद ११ र कर्मचारी ११ को मैत्रीपूर्ण फुटबल खेल भइरहँदा बाहिर भने टिकट किनेर आएका दर्शक कुटिरहेका पुलिसको तस्बिर कैद गर्ने क्रममा चापागाईले पुलिसको बुट खानुपरेको थियो। यस घटनाप्रति नेपाल खेलकुद पत्रकार मञ्चले घोर भत्र्सना गर्नुका साथै दोषीमाथि कार्वाहीको पनि माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्