बैंकिङ सुरक्षाबारे छलफल हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकले सबै विकास बैंकका अध्यक्ष र जोखिम कमिटिका संयोजकसँग छलफल गर्दैछ। बुधबार दिउँसो २ बजे राजधानीको लाजिम्पाटस्थित एक होटलमा राष्ट्र बैंक र विकास बैंकका प्रतिनिधिबीच बैठक बस्न लागेको विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले जानकारी दिनुभयो।

बैठकमा संस्थागत सुशासनको अवस्था, एक वर्षदेखि राष्ट्र बैंकले निरीक्षणका क्रममा भेटेका कैफियत, सम्पत्ति शुद्धीकरण निवारण ऐन र मर्जरलगायतका विषयमा छलफल हुनेछ।

सुपरीवेक्षण विभागको आयोजनामा प्रत्येक वर्ष अध्यक्ष र रिस्क कमिटिको संयोजकलाई बोलाएर वर्षभरीको निरीक्षणका क्रममा देखिएका कैफियत, संस्थागत सुशासनको अवस्था र अबको रणनीतिका विषयमा छलफल र अन्तक्र्रिया हुने गर्छ। सोही नियमित छलफलका लागि राष्ट्र बैंकले विकास बैंकका अध्यक्ष र जोखिम कमिटिका संयोजकलाई बोलाएको हो।

प्रतिक्रिया दिनुहोस्