८ समूहको कारोबार बढेसँगै शेयर बजारमा हरियाली



नेपाल समाचारपत्र, काठमाडौं।

केही दिनयता शेयर बजारमा हरियाली आएको छ। आइतबारदेखि सुधार आएको शेयर बजारमा लगानीकर्ता आकर्षित देखिएका छन् । आइतबार झिनो अंकले बढेको शेयर बजार सोमबार दोहोरो अंकले बढ्न पुगेको थियो। मंगलबार पनि शेयर बजारमा हरियाली कायमै रहेको छ।

मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक शून्य दशमलव २२ प्रतिशतले बढेको छ। २ दशमलव ४८ अंकले बढेको परिसूचक कारोबारको अन्तिम समयमा ११५१ दशमलव ३६ प्रतिशतमा पुगेर रोकिएको छ। नेप्से परिसूचक सकारात्मक रहेको यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ।

यस दिन सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ अंकले बढ्दै २५३ दशमलव ५० अंकमा पुगेर रोकिएको छ। यस दिन कुल १ सय ७० कम्पनीको १६ लाख ५३ हजार ४ सय ९० कित्ता शेयर ४९ करोड ८४ लाख रुपियाँभन्दा बढी रकममा कारोबार भएको छ।

मंगलबार बैंकिङ, व्यापार, होटल, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमालगायत समूह सकारात्मक हुँदा हाइड्रोपावर, निर्जीवन बीमा समूह, उत्पादन तथा अन्य समूह नकारात्मक भएको छ।

यसदिन कारोबारका आधारमा माछापुच्छ«े बैंकको सबैभन्दा धेरै ७५ करोड ३३ लाखभन्दा बढीको कारोबार भएको छ। यस्तै कारोबारका आधारमा एनएमबी बैंक दोस्रो स्थानमा रहेको छ।

यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस संस्थाको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ। यस्तै, अरूण काबेली पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्