सुनको भाउमा निरन्तर गिरावट



काठमाडौं, (नेस)।

नेपाली बजारमा सुनचाँदीको भाउमा निरन्तर गिरावट आएको छ। मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भएको थियो।

मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपियाँमा कारोबार भएको छ। यस्तै, मंगलवार चाँदी प्रतितोला ८ सय ३० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ। सोमवार चाँदी प्रतितोला ८ सय ३५ रुपियाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्