नेकपाभित्र सभामुख चयनका लागि आन्तरिक छलफल



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारे आन्तरिक छलफल हुने भएको छ ।

संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते आह्वान भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख चयनका लागि आन्तरिक छलफल थालेको हो ।

सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेकोनेकपा स्रोतले जनाएको छ ।

नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्