रोक्जेटका गायिका फ्रेडरिक्सनको निधन



स्टकहोम, (एजेन्सी)।

विश्व चर्चित स्विडेनी सांगीतिक समूह रोक्जेटका गायिका म्यारी फ्रेडरिक्सनको ६१ वर्षको उमेरमा निधन भएको मंगलबार उनका म्यानेजरले पुष्टि गरेका छन्। नब्बेको दशकमा, ‘दि लुक’, ‘जोय राइड’ र ‘इट मस्टह्याभ विन लभ’ जस्ता बोलका गीतमार्फत उनले विश्वभरि लोकप्रियता कमाएकी थिइन्।

विगत १७ वर्षदेखि क्यान्सरविरुद्ध लड्दै आएकी उनको सोमबार निधन भएको बताइएको छ। उनको ब्यान्डका सहकर्मी पर गेस्सलेले ४० वर्ष लामो समयदेखि उनी आफ्नो अद्भूत साथी रहँदै आएकी र अब उनको स्थानको कसैले पूर्ति गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।

स्विडेनको हाल्मस्टाड निवासी यी दुई कलाकारको सत्तरी दशकको उत्तराद्र्धमा पहिलोचोटि भेट भएको थियो। त्यतिबेला फ्रेडरिक्सन पप कम्बो स्ट्रल एन्डमा मास बार्न र गेस्सले स्विडेनको सबैभन्दा ठूला सांगीतिक समूहमध्ये एक गिल्लेने टाइडरसँग आवद्ध रहेका थिए।

सन् १९८६ देखि सँगै काम गर्न थालेका तिनीहरूले पहिलो गीत, ‘नेभर एन्डिङ लभ’ गाएका थिए। त्यसपछि तिनीहरूको एल्बम, ‘पल्र्स अफ प्यासन’ रिलिज भएको थियो। तिनीहरूको विश्वभरि ८ करोडप्रति भन्दा बढी एल्बम् बिक्री भएको कीर्तिमान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्