अस्पतालमा गोली चल्दा छ जना मारिए



ओस्त्राभा, (एजेनसी)।

एकजना बन्दुकधारीले मंगलबार चेकोस्लोभाकियाको ओस्त्राभा शहरको एउटा अस्पतालको प्रतिक्षालयमा जथाभावी गोली प्रहार गरी छ जना मानिसको ज्यान लिएको प्रहरीले जनाएको छ। आक्रमणपछि उनले आफ्नै टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए।

सशस्त्र प्रहरीले ती बन्दुकधारीलाई आक्रणपछि एउटा सवारी साधननजिक मृत अवस्थामा फेला पारेको थियो। सुरक्षाकर्मीहरूले आफूहरूलाई बिहान ७ बजेर १९ मिनेट जाँदा अस्पतालमा आक्रमण भएको खबर प्राप्त गरेका थिए।

सञ्चार माध्यमले अस्पतालको ट्रमा क्लिनिकमा गोली चलेपछि अस्पतालका केही भाग तत्कालै बन्द गरिएको जनाएको छ। अस्पतालमा कार्यरत एकजना डाक्टरले सो घटना क्रममा कर्मचारीहरू एउटा हल जाने बाटोमा थुनिएको आक्तुआल्ने वेवसाइटलाई बताएका छन्।

घटना घटेको मोराभियन सिलेसियान क्षेत्र पूर्ण सुरक्षित भइसकेको घोषणा गर्नुअघि प्रहरीले आफूहरूलाई ती बन्दुकधारी खोज्न सघाउन तथा कसैलाई पनि आक्रमणकारीसामू नजान आवहन गरेको थियो। प्रहरीका अनुसार खरानी रंगको रेनल्ट लागुना कारमा आएका ती बन्दुकधारीले एउटा हयान्ड गन प्रयोग गरेका थिए।

प्रहरी ती ४२ वर्र्षीय आत्रमणकारीको परिचय, तस्वीर र सवारी साधन अनुमतिपत्र पत्ता लगाइसकेको दाबी गरेको छ। अन्य आक्रमणकारीहरूले विद्यालय, सपिङ सेन्टर तथा अन्य अस्पतालहरूलाई दक्ष बनाउन सक्ने आशंकाले सुरक्षा गश्ती बढाइउको छ।

प्रहरीले आशंकित आक्रमणकारी पुरुषको तस्वीर सार्वजनिक गरिसकेको छ। चेक प्रधानमन्त्री एन्द«ेज बीबीसले यस घटनामा छ जना मारिएको पुष्टि गर्दै तिनीहरूलाई निकै नजिकबाट गोली हानिएको पनि बताएका छन्। अन्य दुईजना घाइते हुने गरी भएको यस हमलाका कारण स्पष्ट भइ नसकेको सो क्षेत्रका गभर्नर इभो भोन्द«ाकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्