प्रधानमन्त्रीको पाँचाै पटक डायलाइसिस



न्युज अफ नेपाल, काठमाडौं  ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राति हेमो डायलाइसिस गराउन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।

प्रधानमन्त्रीगत बिहीबारमात्र दश दिनको अस्पताल बसाईपछि सेन्टरबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज गर्न अघि उनको नवाै‌ पटक डायलाइसिस समेत गरिएको थियो।

उहाँलाई डायलाइसिस गर्न यहाँ ल्याइएको हो  प्रधानमन्त्रीको अन्य स्वास्थ्य स्थिति ठिकै रहेकाे उपचारमा संलग्न  चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको एपेन्डेसाइटिसको शल्यक्रिया पछिको अस्पताल बसाईमा पाँच पटक डायलाइसिस गरिएको थियो। यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा २६ दिनमा चार पटक डायलाइसिस गरिएको थियो।

प्रधानमन्त्री ओलीको १३वर्ष अघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण भएको थियो।

प्रतिक्रिया दिनुहोस्