प्रधानमन्त्री र पूर्वराजाको धन्यवाद



काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सफलतापूर्वक सम्पन्न भएकोमा सरोकारवालालाई धन्यवाद दिनुभएको छ।
यस्तै उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल सबै नेपाली खेलाडी र सागमा सहभागिता जनाउने सबैलाई धन्यवाद दिँदै उहाँले नेपाल भ्रमण वर्ष–२०२० लाई समेत सफल बनाउन यो प्रतियोगिता सहायक सिद्ध हुन सक्ने बताउनुभयो।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मंगलबार एक सन्देश जारी गरी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ।
उहाँले उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको उत्कृष्ट परिणामले आफू खुसी भएको बताउँदै आगामी दिनमा पनि खेलकुद क्षेत्रमा अझै बढी उपलब्धि हासिल गर्न नेपाली खेलाडी सफल होऊन् भन्ने कामना गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्