राष्ट्रपतिद्वारा संघीय संसद्‍को अधिवेशन आह्वान



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन पुसमा आह्वान गरेकी छन्।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७६ पुस ४ गते दिउँसो ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले राष्ट्रियसभा र प्रनिनिधिसभा दुबै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत् जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्