बैंक तथा वित्तिय संस्था अपांगमैत्री बनाउन पहल गरिने



सीताराम अधिकारी, धादिङ ।

सरकारले निर्माण गरेका सार्वजनिक संरचना अपांग मैत्री भएनन् । बन्दै गरेको जिल्ला अदालत, जिल्ला हुलाका, जिल्ला प्रहरी कार्यालय, जिल्ला बन कार्यालय, कृषि ज्ञान केन्द्रआदी माथी अपांगता भएका व्यक्तिहरुले भवन आचार संहिता अनुसार किन भवन बनेन भनेर प्रश्न गरिरहेका छन् ।

सदरमुकाममा रहेका २ दजृनको हाराहारीमा रहेका एटिएम मेसिन भएको स्थानमा अपांगता भएका हरु जानै सक्दैनन् । सानो कोठामा माथी राखिएको एटिएम मेसिन ह्विल चियर प्रयोग कर्ता जान नसक्ने अवस्थामा छ । कुनै पनि बैंक तथा वित्तिय संस्था अपांगले प्रयोग गर्न सक्ने अवस्थामा छैन । पटक पटक कुरा उठ्छ र यसलाई समाधान भएको छैन ।

७१ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङबेसीमा आयोजित प्यानल डिस्कसन कार्याक्रममा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भूकम्प पछि पुनः निर्माण भएका जिल्ला सदरमुकामका सरकारी सार्वजनिक संरचना अपांगमैत्री बनाउन र जिल्ला सदरमुकामका वैक तथा वित्तिय संस्थाहरुअपांगमैत्री बनाउन पहल गर्ने प्रतिवद्धता गर्नुभयो ।

कार्यक्रम इन्सेक, सहयात्री समाज नेपाल, रेडियो धादिङ, पत्रकार महासंघ र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालको आयोजनामा धादिङबेसीमा आयोजना गरेको हो ।

केही घटनाबाहेक प्रहरीले गर्ने सबै किसिमका अपराध नियन्त्रण, बालबालिका खोजतलास र महिलामाथी हुने हिंसा अन्त्य गर्न निरन्तर क्रियाशिल रहेको प्रहरी उपरिक्षक राजकुमार वैद्धवारको भनाइ छ ।

गजुरी गाउापालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सीता ढुंगानाले न्यायिक समितिले गाउँमै २३ प्रकारका घटना हेर्न थालेपछि न्याय पाएको अनुभूति जनताले गरेको बतोनुभयो ।

न्याय निरुपणमा सरकारी वकिलले सबै तरहले सहयोग गरेको बताउँदै जिल्ला जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अधिवक्ता बालकृष्ण वाग्लेले मानवअधिकारको संरक्षण गर्ने काममा लागिरहेको बताउनुभयो ।

महिलामानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालकी महासचिव राधिका सापकोटाले लैगिक हिंसाका घटना धेरै भएका छन् ।अधिकारका लागि लाग्नेहरुले संधै न्यायका पक्षका काम गरिरहेको बताउनुभयो ।

रेडियो धादिङ, रेडियो राजमार्ग, रेडियो मनकामनाबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा नागरिकहरुले टेलिफोनबाट समेत जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्