बक्सिङमा नेपालका सनिलको जितसँगै सागमा नेपालको स्वर्ण ५० पुग्यो



????????????????????????????????????

न्युज अफ नेपाल, काठमाडौं।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए ।

यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्