मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीले सांसदलाई हराए



न्युज अफ नेपाल, काठमाडौं ।

संघीय संसदका कर्मचारीले सांसदसँगको मैत्रीपूर्ण खेलमा जित हात पारेका छन्।

कर्मचारीले ४ -० गोलअन्तरले सांसदहरूको टोलीलाई पराजित गरेका हुन्।

नेपालले भुटानविरूद्ध १३ औं सागको फाइनल खेल्नुअघि सांसद र कर्मचारीहरूले रंगशालामा फुटबल खेलेका हुन्।

सांसदहरूको टिमको नेतृत्व राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए। संसद कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्