कोठा भाडामा बस्दै आएका आमा-छोरीको नृशंस हत्या



पर्सा । विरगञ्जमा कोठा भित्र आमा छोरीको शव फेला परेको छ । पर्शाको वीरगञ्ज महानगरपालिका–१२, मुर्ली्स्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको हो ।

कोठा भाडामा बस्दै आएका अन्दाजी २२/२३ वर्षकी महिला र उनको एक÷डेढ वर्षकी छोरीको शव फेला परेको हो । शवको प्रकृति हेर्दा करिब ७/८ दिन अघि नै हत्या भएको हुन सक्ने प्रहरीको भनाइ छ । बाहिरबाट ताला लगाएको अवस्थामा कोठाभित्र भुईमा आमाछोरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घरधनीले कोठाबाट गन्ध आएको र भाडामा बस्दै आएका मानिस केही दिनदेखि नदेखिएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरीको शव गन्हाएको अवस्थामा फेला पारेको हो ।

प्रहरीले दुवै शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा पठाएको छ । पोस्टमार्टम रिपोर्टपछिमात्र घटनाबारे थप जानकारी हासिल हुने प्रहरी बताउँछ ।

प्रतिक्रिया दिनुहोस्