छोरीको बाबु बने कपिल शर्मा



एजेन्सी, भारतीय टेलिभिजनको दुनियाँमा कमेडियन कपिल शर्मा सर्वाधिक लोकप्रिय छन् । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आइरहेका कपिलले गतबर्षको डिसेम्बरमा बिहे गरेका थिए ।

कपिलले गिन्नीसँग गतबर्षको डिसेम्बरमा बिहे गरेका हुन् ।
कपिल बिहे गरेको एक बर्षपछि बाबु बनेका हुन् । कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको जानकारी दिएका हुन् । कपिलले छोरीको जन्म भएको भन्दै सबैको आर्शिवाद पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

कपिलले एक महिना अगाडि नै ‘कपिल शर्मा’ शोका केही भाग छायांकन सकेका थिए । शोका केही भाग पहिले नै छायांकन सकेर कपिल गिन्नी र परिवारलाई समय दिन चाहन्थे । कपिललाई बलिउडकर्मी र उनका फ्यानले बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्