रंगशालामा दर्शकमाथि प्रहरीको लाठी चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । त्यसपछि दर्शकको ठेलमठेल भएपछि उनीहरुमाथि लाठी चार्ज गर्न बाध्य भएको प्रहरीले बताएको छ ।

प्रहरीले कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्