विप्लवका गुल्मी सचिव पुन : गिरफ्तार



बागलुङ, (नेस)।

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङ जिल्ला सचिव रामबहादुर कुँवर(नविन)लाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्ला अदालत बागलुङ परिसरबाट पुनः पक्राउ गरेको छ।

३२ वर्षीय कुँवरलाई असोज ७ गते पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेको थियो। मङ्सिर २३ गते जिल्ला अदालत बागलुङले १५ हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएपनि अदालतको आदेश अवेज्ञा गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले कुँवरलाई जिल्ला अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई पर्वत पठाउँने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो।

कुँवरले व्यवसायिहरूलाई डर धम्की देखाएर चन्दा असुली गर्ने, जिल्लाका विभिन्न स्थानका एनसेल टावरमा भएको आगलागीमा संलग्नता रहेको आरोप लगाईएको छ।

प्रतिक्रिया दिनुहोस्