५ महिनामा ७ जबरजस्ती करणीका मुद्दा दर्ता



दार्चुला, (नेस)।

दार्चुलामा पाँच महिनाको अवधिमा जबरजस्तीकरणीका सात मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि मंसिरसम्म जबरजस्तीकरणीका सात मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला जिल्लामा दुई जबरजस्तीकरणीका मुद्दा दर्ता भएको प्रहरी निरिक्षक एवम् सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो।

साउनदेखि मंसिरसम्म १० जनाले आत्महत्या गरेका छन्। यस अवधिमा विष सेवन गरी १ जना, झुण्डिएर ७ र हाम फालेर दुई जनाले आत्महत्या गरेको ंप्रहरी निरिक्षक जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार ज्यानमार्ने उद्योगका मुद्दा २, भवितव्यका ४, फुटकर ज्यान मुद्दामा २ थान मुद्दा दर्ता भएका छन्। चोरीका ३ थान र केही सार्वजनिक अपराधका १२ थान मुद्दा दर्ता भएको उहाँको भनाई छ।

पाँच महिनाको अवधिमा जिल्लामा सवारी दुर्घट्नामा १ जनाले तथा भिरबाट लडेर १ जना गरी जम्मा २ जनाले ज्यान गुमाएका छन्। यस्तै अभद्र व्यवहारको १ तथा राजद्रोह विरुद्ध र खुन डाँकाका १÷१ घट्नामा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्