द भ्वाइस अफ नेपालका विजेतालाई ड्याट्सन रेडी गो



नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले सांगीतिक प्रतियोगिता द भ्वाइस अफ नेपाल सिजन–२ का सर्वोत्कृष्ट विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो गाडी प्रदान गरेको छ।

द भ्वाइस अफ नेपाल प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले ड्याट्सन रेडी गो गाडीको साँचो हस्तान्तरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्