ज्यालामुखी विस्फोट



अकल्यान्ड, (एजेन्सी)।

न्युजिल्यान्डमा सोमबार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँच जना मानिसको ज्यान गएको तथा अन्य थुप्रै व्यक्ति अझै हराइरहेको आपतकालीन उद्धार निकायले जनाएको छ।

अचानक ज्यालामुखी विस्फोट हुनु अघिसम्म पर्ययटक उक्त ह्वाइट आइलन्ड ज्यालामुखी पहाडका ठूला प्वालभित्र हिँडिरहेको प्रहरीले जनाएको छ। त्यहाँबाट ४३ जनालाई उद्धार गरिएको छ।

त्यस क्षेत्रमा अझै कति फसिरहेका छन् भन्ने एकिन हुन सकेको छैन। प्रहरीले हवाइजहाजबाट गरिएको सुक्ष्म अध्ययनबाट त्यहाँ कोही जीवित रहेको संकेत नभेटिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्