विधेयक च्यातियो



नयाँ दिल्ली, (एजेन्सी)।

भारतमा हाल चर्चामा रहेकोे नागरिकता संशोधन विधेयक २०१९ संसद्मा प्रस्तुत भएपछि विपक्षी नेताले त्यसको प्रति च्यातेका छन्। विधेयकमाथि छलफलका क्रममा एमआईएमआईएम सांसद असदुद्दिन ओवैसीले विधेयकको विरोध गर्दै त्यसको प्रति च्यातेका थिए।

संसदमा होहल्ला भएपछि सभामुख रमादेवीले यसलाई संसदको कारबाहीबाट निकाल्ने आदेश दिइन्। विधेयकले मुसलमानप्रति घृणा किन गरिएको भन्ने प्रश्न गर्दै त्यसलाई हिटलरको कानुनभन्दा पनि खराब भएको बताए।

यसले देशलाई पुन विभाजन ल्याउने बताउँदै नेपालका मधेसी , श्रीलंकाका तमिल, म्यान्मारका काचिन, अराकान हिन्दु होइनन्, भन्ने प्रश्न राखेका थिए।

प्रतिक्रिया दिनुहोस्