मरिन कीर्तिमानसहित प्रम बन्ने



हेलेन्सिकी, (एजेन्सी)।

फिनल्याण्डका कार्यरत यातायात मन्त्री सान्ना मरिन सोमबार सत्तारुढ सोसियल डेमोक्रेटिक पार्टीकी नेता चुनिएकी छिन््। ३४ वर्षीया मरिनले यसै साता प्रधानमन्त्री पदको सपथ ग्रहण गर्ने राजनीतिक स्रोतले जनाएको छ।

उनले अब पाँच दलको– वामपन्थी गठबन्धन सरकारको नेतृत्व गर्ने भएकी छिन््। संयोगै मान्नुपर्छ, ती सबै दलका नेतृत्वमा महिलाहरू नै रहेका छन्। साथै उनले विश्वकै पहिलो सबैभन्दा कम उमेरको प्रधानमन्त्रीको कीर्तिमान पनि राख्ने भएकी छन्।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार अचानक पदबाट राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीमा नेतृत्वको लागि चुनाव भएको थियो। रेनीले गठबन्धन सदस्यबाट विश्वासको मत गुमाएपछि राजीनामा दिनुपरेको थियो। अहिले ३५ वर्षे युक्रेनका प्रधानमन्त्री एलेक्सी होन्चरुक विश्वका सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा रहेका छन््।

पार्टीको नेतृत्वको लागि भएको मतदानमा झिनोे मतान्तरले विजयी भएकी मरिनले चुनावी सफलतापछि आफूहरूले विश्वास पुननिर्माणका लागि धेरै काम गर्नुपर्ने बताएकी छिन्।तर पत्रकारहरूले उनको उमेरबारे गरेको प्रश्नको जवाफमा मरिनले भनेकी छन्– ‘मैले कहिल्यै पनि आफ्नो उमेर वा लिंगबारे साेंच्दिन। म सधंै राजनीतिमा प्रवेश गर्नुको कारण र निवार्चनमा जुन कुरामा विश्वास दिलाएर जितेका छौं त्यसमा ध्यान दिन्छु।’

सञ्चार माध्यमका अनुसार सना मेरिनको पालन पोषण एक प्रकारको हिप्पी समूह ‘रेन्बो फेमिली’मा भएको थियो। उनी भाडाको एक अपार्टमेन्टमा आफ्नी आमा र उनकी महिला पार्टनरसँग बसेकी थिइन्।

उनले फिनिस भाषा अर्थात मेनाएसेत भाषामा २०१५ बाल्यकालमा आपूmलाई अदृष्य महसुस गरेको बताएकी थिइन्। किनभने उनी आफ्नो परिवारका बारेमा खुलेर बोल्न हिच्किचाउँथिन्। तर उनले आफ्नी आमालाई सधैं नै समर्थन गरेको र उहाँले चाहेको कुरा गर्न सक्ने बताएकी थिइन्।

उनी विश्वविद्यालयसम्म पुग्ने आफ्नो परिवारकै पहिलो सदस्य थिइन्। सोसल डेमोक्र्याट्सका सना मेरिनको राजनितिक व्यक्तित्व अत्यन्तै तीव्रताका साथ अगाडि बढेको थियो। उनी २७ वर्षको उमेरमा टेम्पर सहरका प्रशासनिक नतृत्वमा पुगेकी थिइन् र सन् २०१५ मा सांसद बनेकी थिइन्। गत जुनसम्म यातायात मन्त्री रहेकी उनकी २२ महिनाकी छोरी छिन्।

स्क्यान्डेवियन देशमा सना मेरिन तेस्रो महिला प्रधानमन्त्री हुन्। गत अप्रिलमा भएको चुनावमा सोसल डेमोक्र्याट्स सबैभन्दा ठूलो पार्टीका रूपमा उदय भएको थियो। त्यसैले गठबन्धन सरकारको प्रधानमन्त्री यही पार्टीबाट हुने छ। पार्टीले ३२ वर्षीय कातरी कुलमुनीको नाम वित्तमन्त्रीका रूपमा तय गरेको छ।

गठबन्धनमा पाँचमध्ये ४ महिला नेता ३५ वर्षभन्दा कम आयुका छन्। युरोपेली संघको अध्यक्ष पद पनि यो बेला फिनल्यान्डसँगै छ। डिसेम्बर १२ मा ब्रसेल्समा युरोपेली सघको सम्मेलनअघि संसदले नयाँ सरकारलाई अनुमोदन गर्ने छ।

प्रतिक्रिया दिनुहोस्