दुर्घटना न्यूनीकरणमा सरोकारवालाको प्रतिबद्धता



नेपाल समाचारपत्र, गुल्मी।

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न गुल्मीमा सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन्। पछिल्लो समय दिनानु दिन बढि रहेको दुर्घटना कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे जिल्लामा सरोकारवालासँग छलफल गरिएको थियो।

सवारी दुर्घटनाको स्थिति र न्यूनिकरणका उपायका सम्बन्धमा सदरमुकाम तम्घासमा गरिएको छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, विभिन्न संघ संस्था, पत्रकार, यातायात व्यवसायिलगायतका सरोकारवालाहरूले दुघटना न्यूनिकरणमा प्रतिवद्धता जनाएका हुन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लामा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागि विभिन्न निर्णयहरू समेत गरिएको छ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। ट्राफिक नियमको पूर्ण पालना गर्दै छतमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रकलगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारीलाई आवश्यक मर्मत गरेर मात्र चलाउनु पर्ने निर्णय गरिएको छ।

त्यस्तै रुट परमिट नलिएका कुनै पनि प्रकारका सवारी साधनहरूको सञ्चालनमा पूर्ण रोक तथा घुम्ती बाटोहरूमा सवारी साधन पार्र्किङ नगर्ने÷नगराउने, सडकमा जथाभावी राखिएका निर्माण सामग्री र छाडा चौपाया नियन्त्रण गर्नेलगायतका निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले स–साना लापरबाहिले पनि दुर्घटना हुने गरेको भन्दै चालक र व्यवसायीलाई तालिम आवश्यक रहेको बताउनुभयो।

रेसु·ा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले दुर्घटना न्यूनिकरणका विषयमा आ–आफ्नो ठाउँबाट सबैले प्रयास गर्नुपर्ने धारणा राख्नुभयो। किनेको सवारी चालक अनुमति पत्रले कहिल्यै पनि राम्रो नगर्ने भन्दै उहाँले चालक र यातायात व्यवसायीले अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले गल्ति गर्ने चालकलाई कारवाहीको व्यवस्था हुनुपर्ने बताउनुभयो। क्षमताभन्दा बढी यात्रु राख्ने, एक हजार तिरेपछि छुट पाइन्छ भन्ने मान्यताले पनि नागरिकले असुरक्षित यात्रा गर्नु परेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्