नचाउने भिडियो सार्वजनिक



लोक–आधुनिक शैलीको नृत्यपरक गीत ओ नारानको म्युजिक भिडियो राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।डास म्युजिकको प्रस्तुतिमा तयार पारिएको गीतमा गायक विजय थापाको स्वर रहेको छ भने गीतकार डीपी खनालका शब्दको गीतमा राजेन्द्र बजगाईंले संगीत दिएका छन्।

गीतमा संगीतकार बजगाईंले नै संगीत संयोजन गरेका हुन्। नगरकोटका आकर्षक दृश्यमा छायांकन गरिएको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका छन् भने विककै कोरियोग्राफी रहको छ।

रामेश्वर कार्कीद्वारा छायांकन गरिएको गीतको भिडियोमा रञ्जन अर्याल र अष्मिता जुरेलीले अभिनय गरेका छन्। विकास ज्ञवालीले सम्पादन गरेको भिडियो डास म्युजिककै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।ब्

प्रतिक्रिया दिनुहोस्