बद्रीरत्न स्मृति प्रतिष्ठानद्वारा सम्मान



पूर्वीय संस्कृति, धर्म, परम्परा र मानव सेवामा निरन्तर संलग्न रहँदै आएको महेश संन्यास आश्रम देवघाट र मानव समाज कल्याण केन्द्र भक्तपुरलाई आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान एवं पुरस्कृत गरिएको छ।

बद्रीरत्न स्मृति प्रतिष्ठान, सुनसरीद्वारा आयोजिक उक्त कार्यक्रममा ती संस्थाले गरेको कार्यको योगदानका लागि प्रमाणपत्र र जनही ५५ हजार ५ सय ५ रुपियाँ प्रदान गरिएको थियो।

प्रतिष्ठानका अध्यक्ष शारदाप्रसाद मिश्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका महासचिव प्राडा तीर्थप्रसाद मिश्रले नेपालमा पूर्वीय संस्कृति, धर्म र मानव सेवामा समर्पित संस्थालाई र सो कार्यको अध्ययन अनुसन्धानलाई सहयोग पुर्याउने कार्यमा प्रतिष्ठानले सहयोग गर्दै आएको बताउनुभयो।

जीवन विज्ञान केन्द्रका संस्थापक एवं पूर्वीय संस्कृतिका संवद्र्धक एलपी भानु शर्मा र रमेश नेपालले शारदाप्रसाद मिश्रद्वारा लिखित अफसोच नरहोस् बाँकी नामक कथा संग्रह विमोचन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्