एसियाली आँखा विशेषज्ञको बैठक



नेपाल र दक्षिणपूर्वी एसियाली क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्यको पहुँचको उद्देश्य हासिल गर्नका लागि विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान (विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र)ले यही डिसेम्बर ९ देखि १२ सम्म आँखा स्वास्थ्य विशेषज्ञद्वारा दक्षिणपूर्वी एसियाको क्षेत्रीय बैठक काठमाडौंमा आयोजना गर्दै छ।

अक्टुबर २०१९ मा वल्र्ड भिजन रिपोर्टको विश्वव्यापी शुरूआतपछि आईएपीबी दक्षिण–पूर्वी एसियाली क्षेत्र (एसईएआर)ले विश्व स्वास्थ्य संगठनसँग क्षेत्रीय तहमा नजिकबाट काम गरिरहेको छ। विश्वव्यापी स्वास्थ्य पहुँच र दिगो विकास लक्ष्यको लक्ष्यहरू प्राप्त गर्न चाँडै क्षेत्रीय र राष्ट्रियस्तरको बैठकको कार्यतालिका बनाएर बैठकको प्रतिवेदन पेस गर्नुपर्नेछ।

यस बैठकमा दक्षिण पूर्वी एसियाका ४० आँखा स्वास्थ्य विशेषज्ञहरू सहभागी हुनेछन््। बैठकको एजेन्डा यस क्षेत्रमा मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरूका रूपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।

बैठकले यस क्षेत्रमा विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहँुच सबै जनतासमक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरू पेस गर्नेछ।
यसका अलावा डाइबेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै यस क्षेत्रमा राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुंगो लगाउने तालिका निर्धारण गरिनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्