‘लैंगिक हिंसाको मुद्दा महिला पुरुष दुवैको’



भगवती तिमल्सिना, काठमाडौ।

लंैगिक हिंसा महिलाको मात्र नभएर महिला पुरुष दुवैको भएकाले यसको न्यूनीकरणका लागि महिला पुरुष दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताले बताएका छन्। उनीहरूले सो कुरा बीबीसीले सोमबार काठमाडांैमा आयोजना गरेको बलात्कार र लैंगिक हिंसा अन्त्यका लागि जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाका विषयक कार्यक्रममा बताएका हुन्।

सोही अवसरमा सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदादेवी तिम्सिनाले स्थानिी र राष्ट्रिय स्तरमा महिला हिंसा कसरी अन्त्य गर्ने भन्ने विषयमा बोल्दै भन्नुभयो– ‘महिलामाथि राज्यको हरेक कोणबाट हिंसा भएको छ, सिंहदरबारको प्रवेशद्वारमा राष्ट्रिय सूचना आयोगका पुरुष आयुक्तलाई बाहिरैबाट गाडीको नम्बर हेरेर प्रवेश दिइन्छ।

त्यही गाडीमा म जाँदा आयुक्तभन्दा पनि कार्ड देखाउनुस् भनेर चेकजाँच गरिन्छ यो पनि लैंगिक हिंसा हो। महिला पुरुष हैन जिम्मेवारी पाएको अधिकारीलाई राज्यबाटै सम्मान हुनुपर्छ।’ ‘यति मात्र हैन स्थानीय निकायमा उपमा मात्र महिला उम्मेदवार तोकियो।

उपको पदभार सम्हालेका अधिकांश महिलाहरू अधिकार र जिम्मेवारी के हो भन्ने ज्ञानसमेत नपाएर २ वर्ष आत्मा रुवाएर बिताइरहेका छन्’, उहाँले भन्नुभयो– ‘यो अवस्थामा समानताका कुरा व्यवहारमा आउने वातावरण बनाउने दायित्व राज्यको हो।

राज्यले नै सम्मान गर्नुपर्यो।’ पछाडि परेका या पारिएका व्यक्तिलाई राज्यको तर्फबाट जिम्मेवारीअनुसारको दक्ष बनाउन तालिम, भाषालगायतका आवश्यक विषयवस्तुमा पोख्त बनाउनुपर्नेमा उहाँको जोड थियो।

‘महिला र पुरुषविना कुनै पनि योजना पुरा गर्न सकिन्न र त्यसका लागि पहिला दक्ष बनाऊ अनि जम्मेवारी देऊ। अहिलेसम्म काम, कर्तव्य र अधिकारका कुरा भएका छन् तर अधिकार दिएकै छैन कसरी काम गरेनन भन्ने ?

जिम्मेवार व्यक्ति नै अन्धकारमा भएपछि कसरी खरो उत्रन्छन् ? जनप्रतिनिधि भनेका धेरै ठूलो जिम्मेवारी निर्वाह गर्नुपर्ने व्यक्ति हुन् र उनीहरूलाई आवश्यकताअनुसार शिक्षा, संगत र संस्कारका साथ अर्थ, ममतोको पनि उत्तिकै खाँचो रहेको छ’ –तिम्सिनाले भन्नुभयो।

कार्यक्रममा वियोन्ड वेइजिङ कमिटीका अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले सन् २०१५ मा नेपालले संविधान जारी गर्नुका साथै नेपालमा नयाँनयाँ योजना र महिलालाई राष्ट्रपतिसमेत बनाएको वर्ष भारतले नाकाबन्दी गरेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यही ऐतिहासिक वर्षमा बीबीसीले ७औं मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजन गर्ने अवसर पाएको थियो। सन् २००० मा बिश्वका १८९ राष्ट्रलगायत अन्तर्राष्ट्रिय संगठनहरूको नेता तथा प्रतिनिधिहरूको उपस्थितिमा ८ वटा मुख्य लक्ष्य निर्धारण गरी सन् २०१५ सम्ममा सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने घोषणा गरेको थियो।

सोही वर्ष बीबीसीले संयोजन गर्न पाउनु खुसीको विषय हो।’सोही अवसरमा कविता राईले पहिल्लो समय इन्टरनेट र अनलाइनमार्फत महिलामा हुने गरेका डरलाग्दा हिंसाका बारेमा प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा काठमाडांै महानगरपालिका वडा नं २० की महिला सदस्य शोभादेवी मानन्धरले हामीले जति काम गरे पनि तिमीहरूले के गर्यौ र के हुँदै छ भन्ने बारेमा मिडियालगायत कसैले सोध्दैन भन्दै दुखेसो पोख्नुभयो।

प्रतिक्रिया दिनुहोस्