उपप्रमुखलाई विद्यार्थीको प्रश्न



ललितपुर, (नेस)।

महिला हिंसाविरुद्ध १६ दिन अभियानअन्तर्गत वी मेन क्लवसँगको अन्तरक्रिया सम्पन्न भएको छ। अन्तरक्रियामा वी मेन क्लबमा आबद्ध विद्यार्थीले ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल र सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीसँग महिला हिंसा रोक्नका लागि महानगरको के–कस्तो पहल छ भनेर प्रश्न गरेका थिए।

वी मेन क्लवमा आबद्ध विद्यार्थीको प्रश्नको जवाफ दिँदै उपप्रमुख गीता सत्यालले भन्नुभयो– ‘समाजमा छोरा र छोरीमा विभेद गर्ने चलन छ, छोरालाई बोर्डिङ स्कुलमा पढाउने र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रचलन पनि छ, निर्णय गर्ने प्रक्रियामा पनि छोरी मान्छेले गर्न सक्दैन भनेर मनोबल घटाउने कार्य पनि भइरहेको छ, यस्तो विभेदलाई हटाउनु आवश्यक छ।’

 

 

प्रतिक्रिया दिनुहोस्