राम्रो कमान्डले टार्यो ठूलो दुर्घटना 



न्युज अफ नेपाल, काठमाडौँ ।

कागेश्वरी मनोहरा नगरपालिका स्थित थलीमा आइतबार ठूलो दुर्घटना हुनबाट बचेको छ ।

आइतबार राती सिन्धुपाल्चोक घर भै हाल थली एरियामा व्यावसाय गरि बसेका रत्न कुमार श्रेस्ठले मादक पदार्थको सेवन गरि आफैँ गाडी चलाउँदा बिजुलिको पोलमा ठक्कर दिए ।

त्यस लगत्तै थलिको सई प्रेम लिम्बूले उक्त चालकलाई रोकेर कुनै कारबाही नगरी त्यत्तिकै गाडी दिएर छाडीदिए।पुनः त्यसै गाडिले अन्य ठाउँमा पनि ठक्कर दिँदै जान्छ, स्थानीयले उक्त गाडी रोक्न खोज्दा श्रेष्ठ झाडितिर हाम फाल्छ्न। त्यसपछी उनले आफ्नो समूह जम्मा गरि स्थानीय माथी खुकुरी लिएर तान्डब मच्चाउछ्न।

स्थानीयको बिरोधपछी बौद्ध प्रहरीबाट प्रहरी निरीक्षकको कमान्डमा टोलि आएर सम्झाइ बुझाइ गरि श्रेष्ठलाई कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि स्थानिय सान्त हुन्छ्न।

अर्को दिन बिहान उनि प्रहरीमा उपस्थित नभए पछि स्थानिय आक्रोशित भै प्रहरी प्रभाग थली अगाडि जम्मा भै बाटो मा टायर बाली बाटो अबरुद्ध हुन्छ र कारबाही गर्छु भनेका थली प्रभाग प्रमुखले भगाएको आरोप जनमासले लगाउँछन् ।

तत्पश्चात शाखु प्रभाग बाट निरीक्षक गोविन्द पन्थीसहितको टोलिले लिएर थली प्रभाग पुग्छ्न। यस सम्बाददाता घटननास्थल मै रहेको ले घटना नियालिरहेकै थियो। निरीक्षक पन्थीले सम्यमता अपनाउदै आएका हुन्छन् । निरीक्षक पन्थी र डीएसपी रमेश सिहंले प्रतिबद्धता गर्दै भने गलत गर्नेलाई कारबाही गर्छौँ । अबरुद्ध बाटो खुलाउनु भन्ने आदेश आइरहेको सुन्न सकिन्थ्यो।

त्यँहा लाठी बर्साएर बाटो खुलाएको भए त्यो घटनाले राजनैतिक रङ पाउने समेत चलाख एबम ब्याबसायिक अधिकृतले बुझेकै देखिन्थ्यो।यसै घटनालाई आधार मान्दा अहिले कोहलपुरमा लाठी बर्साएर नत ट्रक जल्नबाट बचाउन सके, उल्टै प्रहरीले १२,१४ बर्षका साना विद्यार्थीहरु माथी लाठी र गोलिबाट बिसौ विद्यार्थी घाइते बन्दैनन्थे ।

प्रहरीले बर्बरतापुर्ण दमन गरेको सन्देश प्रभाह भयो।जनमानसमा प्रहरी प्रतिको विश्वास मा कुठाराघात गरियो।अहिले कर्फ्यु कायम छ।यो सबै बाके सई वीर बहादुर ओलि र कोहोलपुर डीएसपी बिरेन्द्र शाहीको नालायिकी नेतृत्वको कारणले भएको अनुमान छ ।

नेतृत्वले कति फरक पार्दो रहेछ भन्ने थली घटनाले प्रष्ट टेखियो।जुन घटनाको प्रत्यक्ष अनुभव गरेको थियो। त्यहा दमन गरि बाटो खुलाइएको भए सायद साग खेल समेत प्रभावित हुन सक्थ्यो।

त्यसैले राइट म्यान इन राइट प्लेसको कति महत्व हुने रहेछ भन्ने यस घटनाबाट समग्र रुपमा प्रहरी संगठनले पाठ सिकेको हुनु पर्दछ भने राजनैतिक नेतृत्वले पनि आफुसँग नजिक छ भन्दैमा जोसुकैलाई आफू अनुकुल ठाँउमा ल्याउन गरेका प्रयासहरुलाई अबका दिनमा छाड्नु पर्दछ। त्यस्तो सिफारिसले राइट म्यान इन राइट प्लेसको अबधारणा भताभुँग पार्दछ भने यस्ता खाले कोहोलपुर जस्ता घटना दोहोरी राख्ने खतरा कायम रहन्छ नै।

प्रतिक्रिया दिनुहोस्