प्रदेश–३ सरकारद्वारा स्वर्ण विजेतालाई एक लाख



न्युज अफ नेपाल, हेटौंडा ।

प्रदेश–३ सरकारले प्रदेशका १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई पुरस्कार दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले जारी सागका ३ नम्बर प्रदेशका स्वर्ण पदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्