मडकद्वारा नेश्नल कलेजमा तर्क बितर्क



न्युज अफ नेपाल, काठमाडाैँ ।

गत बुधबार नेश्नल कलेजमा ‘मडक’ नामक संस्थाले तेजाव तथा पोलाई सम्बन्धी आक्रमण विरुद्ध जनचेतनास्वरूप एक छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

बिहान एघार बजेदेखि सुरु भएको कार्यक्रमलाई कलेजकै छात्रा प्रतिभा पन्तले सञ्चालन गरेकी हुन् ।

साउथ एसियन फाउन्डेसनका अध्यक्ष निश्चलनाथ पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा व्यापारि तथा तेजाब तथा पोलाइ सम्बन्धि आक्रमणमा परेका व्यक्तिहरूको सुरक्षा तथा यस सम्बन्धि कानुनी व्यवस्थामा परिवर्तनको माग गरिरहेका उज्ज्वल थापाले कानुनी त्रुटि तथा त्यसमा आफ्ना असन्तुष्टिहरू व्यक्त गरे ।

लगत्तै सुरु भएकोछलफल कार्यक्रमलाई कलेजका छात्र सौगात वाग्लेले सहजिकरण गरेका थिए भने छलफलमा विगत एक वर्षदेखि तेजाव तथा पोलाइ सम्बन्धि आक्रमणमा परेका व्यक्तिहरूको सामाजिक एवम् मानसिक पुनर्स्थापनामा कार्यरत संस्था अस्तित्व नेपालकी अध्यक्ष मिनाक्षी राणा, उद्यमी तथा पोलाई सम्बन्धि आक्रमणबाट पिडित सबिता महत्, त्रिभुवन शिक्षण अस्पतालमा विगत २७ वर्षदेखि तेजाब तथा पोलाई सम्बन्धि आक्रमणमा परेकाहरूको सेवामा लागेकी नर्स अर्चना रन्जित र मिस नेपाल इन्टर्नेश्नल २०१७ तथा यसै वीषयमा पैरवि गरिरहेकी मोडल नीति शाह सहभागी थिए ।

छलफलअघि सहजकर्ता वाग्लेले विगत केहि समय यता घटेका तेजाव आक्रमणका घटनाहरूबारे सङ्क्षिप्त जानकारि दिए ।

छलफलका क्रममा नीति शाहले तेजाब आक्रमणमा परेकी सङ्गिता पुलामी मगरलाई भेटेर यस कार्यका निम्ति प्रेरित भएको कुरा बताइन् ।

एक सेलेब्रेटिका हैसियतले पनि पछिल्लो समयमा यस्ता घटनाप्रति संबेदन्शिल भएको तथा आफूलाई झन् जिम्मेवार महसुस गरेको कुरा शाहले बताइन् ।

नर्स रन्जितले भने आफूले बिरामिहरूबाट धेरै कुरा सिक्न पाएको बताइन् । एउटा घटनालाई आधार मानेर दङ्ग पर्दै रञ्जितले थपिन्, “पोलाइका कारण माथि फर्कन नसकेको एउटा बिरामिले माथि सजिलै देख्न सक्ने कुरा थाहा पाएर यति खुसि भयो कि जसलाई म शब्दमा बयान गर्न त सक्दिन तर मनले भने महसुस गरेर सानासाना कुराहरूमा खुशि खोज्न सिक्दै छु ।“

सहभागीका रूपमा उज्ज्वल थापाको प्रश्नलाई सम्बोधन गर्दै रञ्जितले तेजाब तथा पोलाइ सम्बन्धि आक्रमणमा परेका पिडितहरूका निम्ति सबैभन्दा पहिलो र महत्वपूर्ण प्राथमिक उपचार निरन्तर आधा घण्टासम्म पानिको फोहोराले पोलिएको ठाउँमा धुनु वा छ्याप्नु नै भएको कुरा बताइन् ।

संस्थाकी अध्यक्ष तथा आफैमा मनोसामाजिक परामर्शकर्ता मिनाक्क्षी राणाले धेरै बिरामि तथा पिडितहरूलाई शारिरिक भन्दा पनि बढि मानसिक परामर्शको खाँचो पर्ने कुरा बताइन् ।

राणाको काउन्सेलिङको तारिफ गर्दै पोलाइसम्बन्धि आक्रमणबाट पिडित एवम् उद्यमि सबीता महत्ले पिडितहरूले भोग्नुपरेका समस्यासङ्गै आफू त्यहि व्यवहारबाट नै झन् बलियो हुन सिकेको कुरा बताएकी थिइन् ।

एकल आमाकी छोरी भए पनि खेलकुद र आँटिली सबिताले केटा देख्दा डराएर छोटो बाटो पनि टेम्पोमा हिँडेका कुरा देखि कुलतमा फसेका श्रिमान्बाट झेलेको पिडा बाँडिन् ।

दुई सन्तानकी एकल आमा महतले आफ्ना सङ्घर्ष र सुखका क्षण सुनाउँदै समाजलाई पनि बिम्बकै रूपमा सहि पुस्तकको गाता हेरेर अक्षरलाई कल्पना नगर्न पनि आग्रह गरिन् ।

यसरि, पछिल्लो समयमा प्रकोप जस्तै फैलिइरहेको तेजाब तथा पोलाइ सम्बन्धि आक्रमणबारे धेरै कुरा सिक्न पाइएको कुरा सहभागिहरूले बताएका थिए ।

कार्यक्रममा काठमाण्डौ कालोपुलमा आफ्नै श्रिमानबाट तेजाब आक्रमणमा परेकी जेनी खड्का, नायिका आना शर्मा, नायिका सिल्पा मास्के , मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देलसहित करिब १०० को सङ्ख्यामा दर्शकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम सफल भएको र यसबाट समाजमा केहि सकारात्मक सन्देश पनि गएको कुरा आयोजक मड अकका सदस्य क्रिनेश मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्