अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको सातौँ विश्व सम्मेलन दोहामा



काठमाडौं ।

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको सातौँ विश्व सम्मेलन कतारको दोहामा भइरहेको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसर पारेर भइरहेको सो सम्मेलनमा विभिन्न राष्ट्रहरुले भ्रष्टाचार विरुद्ध अवलम्बन गरेका नीति, कानुन र कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने छ ।

सो सम्मेलनमा नेपालको तर्फबाट नेपाली कांग्रेसका नेता एंव पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली बोर्ड सदस्यका रुपमा सहभागि भएका छन् ।

सम्मेलनमा सहभागि सदस्यहरुले आ–आफ्नो देशले अबलम्बन गरेका भ्रष्टाचार विरुद्धका नीति कानुन तथा कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नुका साथै अनुभव आदानप्रदान हुने थकालीले बताए ।

विश्वभरका ६२ राष्ट्रका प्रतिनीधिहरु सहभागि भएको सम्मेलन भोली मंगलवारसम्म चल्ने सम्मेलनमा सहभागि थकालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्