रोल्पामा बस दुर्घटना हुँदा ८ घाइते, चालक फरार



न्युज अफ नेपाल, रोल्पा ।

रोल्पाको शहिदमार्गको होलेरी नयाँ गाउँमा बस पल्टिदा ८ जना यात्रु घाइते भएका छन् । रुकुमको लुकुमबाट दाङको घोराहीतर्फ जाँदै गरेको रा१ख २१०१ नम्बरको यात्रुबाहक बस सोमबार दिउँसो रोल्पाको रुन्टिगढी गाउँपालिकाको नयाँ गाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि दाङको घोराही पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालकसहित अन्य स्टाफहरु भने फरार रहेको छन् ।

फरार बस चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्