मंसिरमा मात्रै सिरहामा आठ सवारी दुर्घट्ना, दशको मृत्यु



शुभेन्द्र दास, लहान ।

प्रदेश २ को सिरहा जिल्लामा सवारी दुर्घट्ना बढेको छ । मंसिर महिनामा मात्रै आठ दुर्घट्ना भएको र दुर्घट्नामा परि १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहा मुद्दा फाँटका प्रहरी जवान अर्जुन विकले जानकारी दिए ।

विकका अनुसार सवारी दुर्घट्नामा सदरमुकाम सिरहामा १, सिरहाको प्रमुख ब्यापारिक नाका लहानमा ३, मिर्चैयामा २ र गोलवजारमा ४ जना गरि १० जनाको मृत्यु भएको छ ।

सोमवार पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स१च ६९३ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी दुर्घट्ना बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला ट्रफिक कार्यालयलाई संबेदनशिल हुन आग्रह गरेको जिल्ला प्रमुख अधिकारी गोपालअधिकारीले जानकारी दिदै भने, दुर्घट्ना बढेकाले ट्राफिक अधिकारीलाई सचेत गराएका छौँ ।

प्रतिक्रिया दिनुहोस्