बाल यौन दुराचारको अभियोगमा अमेरिकी नागरिक पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

बाल यौन दुराचारको अभियोगमा प्रहरीले एक विदेशी नागरिकलार्ई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. ५६७४७२५३५ रहेका अमेरिकि नागरिक जेसन ल्वयेड मुडि रहेका छन् ।

बालबालिकालाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले त्रिभुवन विमानस्थलमा रहेको मेमोरियल गेष्ट हाउसको कोठा नं.१०४ बाट तीन बालिकासहित मुडिलाई पक्राउ गरेको हो । उनले बालिकाहरुलाई आर्थीक प्रलोभन देखाई तथा खानेकुरा दिई ललाई फकाई गरी करणी गरेको प्रहरीले जनाएको छ । होटल पुगेको प्रहरी टोलीले बालिकासहित मुडिलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो ।

मुडिको साथबाट प्रहरीले ५६७४७२५३५, ५०६०७३०८४ र ५४५६५८५०० नं को राहदानी ३ थान, ल्यापटप १ थान, बिभिन्न कम्पनिको मोबाईलहरु ४ थान, बिभिन्न बैंकहरुको एटिएम, मास्टर कार्ड, तथा चेकको स्लिपहरु, विश्वभाषा क्याम्पसबाट जारी भएको निज प्रतिवदिको परिचय कार्ड १ थान लगायतका बिभिन्न सामग्रीहरु बरामद गरेको छ ।

यसका साथै, मुडि पेडोफाइल जस्तो जघन्य अपराधमा समेत सामेल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विदेशीमाथि जबरजस्ती करणी सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्