साग महिला फुटबलमा नेपाललाई रजत



न्युज अफ नेपाल, पोखरा ।

१३‍ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत हात पारेको छ ।

स्वर्णका लागि सोमबार पोखरा रंगशालमा भएको फाइनल खेलमा भारतसँग २–० गोल अन्तरले नेपाल पराजित भएको छ । खेलको १७ औं मिनेटमा भारतको तर्फबाट एनजी बालादेबीले गोल गरेकि थिइन् । यस्तै खेलको ५५ औं मिनेटमा बालादेबीले पुन: दोस्रो गोल गरिन् ।

यससँगै फाइनलसम्म पुगेको नेपाली टोलीले भारतसँग २- ० को अन्तरले हारेको छ ।

प्रतिक्रिया दिनुहोस्