रामेछापमा ट्याक्टर दुर्घटना : पत्रकारसहित ४ घाईते



न्युज अफ नेपाल, रामेछाप ।

रामेछाप नगरपालिका वडा नम्मर ८ मा ट्याक्टर दुर्घटना परी चार जना घाइते भएका छन् ।

आईतबार अपरान्हको समयमा रामेछाप बजारबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको भे १ त ३११२ नम्बरको ट्याक्टर दारेगौडामा दुर्घटना हुँदा दोरम्बा गाउँपालिका– ६ का टंकनाथ गौतम, मन्थली–१ का बल बहादुर श्रेष्ठ, लिखुतामाकोशी–७ का तोरक बहादुर श्रेष्ठ र सम्छी गाउँपालिका– २ महोत्तरीका कल्याण चौधरी घाइते भएका छन् ।

घाइते मध्ये तोरक बहादुर श्रेष्ठ र कल्याण चौधरीको तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् भने टंकनाथ गौतम र बल बहादुर श्रेष्ठलाई थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक रविभुषण यादवदे जानकारी दिनुभयो ।

हात र खुट्टामा गहिरो चोट लागेका बल बहादुर श्रेष्ठको बी एण्ड बी अस्पताल र टंकनाथ गौतम केएमसी अस्पतालमा उपचार भइरहेको छ । केएमसी अस्पतालमा उपचाररत गौतम रामेछाप पोष्ट साप्ताहिकमा कार्यरत पत्रकार हुनुहुन्छ ।

ट्याक्टर चालकले ट्याक्टरको ब्रेक फेल भएर दुर्घटना भएको बताउँदै आएको भए पनि दुर्घटना के कारणले भयो भन्ने विषयमा चालक र सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धन भइरहेको प्रहरीको प्रहरी नीरिक्षक यादवको भनाई रहेको छ ।

ट्याक्टर ढुवानीको साधान भएकाले नियम विपरित मान्छे बोकेर दुर्घटनामा परेको हुँदा चालकलाई नियम अनुसार कडा कारबाही हुने पनि प्रहरी नीरिक्षक यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्