बोक्सोको आरोपमा वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला



न्युज अफ नेपाल, काठमाडौँ ।

चितवनको इच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्सोको आरोपमा जुत्ताको माला र कालोमोसो दलिएको छ ।

स्थानीय उत्तरकुमार गुरुङको समूहले प्रजालाई बोक्सोको आरोपमा कालोमोसो दलेकाे हाे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट वडाध्यक्ष चुनिएका प्रजालाई शनिबार जबरजस्ती मोसो दलिएको थियो ।

उक्त समूहले पहिलेदेखि नै प्रजामाथि दुर्व्यवहार गर्ने गरेका थिए । गुरूङको समूहले धेरै पहिले देखिनै गाउँमा गुण्डागर्दी गर्दै आएको स्थानीयले बताएका छन् ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।

यस घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्