पुरुष क्रिकेटमा नेपाललाई कास्य



न्युज अफ नेपाल, काठमाडौँ ।

१३‍औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । माल्दिभ्सलाई ९ विकेटको कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ३२ रन बनाए ।

माल्दिभ्सका लागि मोहमद रिजवान साफिनले नटआउट १९ रन र मोहमद रिजावानले १७ रन जोडे। बलिङमा नेपालका ललितनारायण राजवंशीले ३ विकेट र सुसन भारीले २ विकेट लिए। ९५ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान ज्ञानेन्द्र मल्लले २२ रन जोडे।

प्रतिक्रिया दिनुहोस्