चितवनमा युवकको हत्या गरेर गाडेको आरोपमा ५ जना पक्राउ



न्युज अफ नेपाल, चितवन ।

चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहिस्थानका पाँच जनालाई पक्राउ गरेको हो ।

हत्या आरोपमा भरतपुर २७ निवासी २५ बर्षिय विनोद कुमार महतो, ३६ बर्षिय दिपेन्द्र महतो , २७ बर्षिय यमकुमार महतो र २० बर्षिय बिजय महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।

पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । उनीहरुसँगै एक किशोरीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १२ गतेबाट हराइरहेका अभिनाषको शव मंसिर १५ गते गाडेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्