जनप्रतिनिधिको पारिश्रमिक विकास निर्माणमा



बैतडी, (नेस)।

मेलौली नगरपालिकाले जनप्रतिनिधिका लागि छुट्याएको पारिश्रमिक विकास निर्माणका काम खर्च गर्ने भएको छ। नगर कार्यपालिकाको बैठकले जनप्रतिनिधिहरूको पारिश्रमिक भनेर छुट्याएको ६० लाख विकास निर्माणका योजनामा खर्च गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरूको तलबमा रोक लगाएपछि नगरपालिकाले सो रकम विकास निर्माणका काममा खर्च गर्ने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले जानकारी दिनुभयो। यस्तै चालु खर्चका लागि विभिन्न शीर्षकमा छुट्याएको ७७ लाख रुपियाँ पनि विकास निर्माणका काममा खर्च गर्ने निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्