वृद्धाहरूलाई न्यानो कपडा वितरण



गुल्मी, नेस।

परिवारबाट विभिन्न कारण अवहेलनामा परेका साहाराविहीन वृद्धाश्रममा बस्दै आएका वृद्धवृद्धाहरूलाई चिन्तामणि भुसाल निमकला प्रतिष्ठानले सहयोग गरेको छ। रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरूलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको हो।

रुरु क्षेत्र गाउँपालिका–१ रिडीस्थित वृद्धाश्रममा बस्दै आएका ४५ जना वृद्धहरूलाई तम्घासमा रहेका प्रतिष्ठानले न्यानो कपडासँगै खाद्यन्न सामाग्री वितरण गरेको हो।

२ वटा आश्रयस्थलमा बस्दै आएका वृद्ध महिलाहरूलाई सामुहिक रूपमा जम्मा गरेर प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले हस्तातरण गर्नुभएको हो।

घरपरिवारबाट हेला भएका र विभिन्न कारणले आश्रयस्थलमा बस्दै आएकाहरूलाई सहयोग गर्ने उद्देश्यले न्यानो कपडा र खाद्यन्न सामाग्री हस्तातरण गरेको चिन्तामणि भुसाल नीमकला प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले वृद्धलाई ओड्नको निम्ति बलाङकेट, खाद्यन्न सामाग्री र नगद पनि प्रदान गरेको छ।

चिसोमा वृद्धहरूलाई बस्नखानको निम्ति सहज होस् भन्ने उद्देश्यले कपडा तथा खाद्यन्न वितरण गरेको प्रतिष्ठानका सदस्य डिल्लीराज भुसालले बताउनुभयो।
रुरु क्षेत्रमा रहेका २ वटा आश्रयस्थल मानव कल्याण वृद्धाश्रममा १५ जना र ऋषिकेश मन्दिर आश्रममा ३० जना वृद्ध महिलाहरू बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्